काठमाडौं ।साउनको चौथो साता बैंकिंङ प्रणालीमा निक्षेप घटेको छ । बाणिज्य बैंकहरुको निक्षेप २५ अर्बले घटेको छ । बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप एक सातामा २५ अर्बले घट्न पुगेको हो ।
नेपाल बैंकर्स संंघको तथ्यांक अनुसार साउन २० गते ४४ खर्ब ४६ अर्ब रहेको निक्षेप साउन २७ गते आइपुग्दा ४४ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै यो साता बाणिज्य बैंकहरुकाे निक्षेप भने ९ अर्बले बढ्न पुगेकाे छ । गत साता बैंकहरुको कर्जा ४१ खर्ब ६६ अर्ब रुपैयाँ रहेको थियो भने यो साता बैंकहरुको कर्जा ९ अर्बले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।