काठमाडौं । नेपाल बैंकर्स एसोसिएसनले भदौमा बैंकहरुको व्याजदर नबढाउने निर्णय गरेको छन् । सोमबार बसेको संघको बैठकले यस्तो निर्णय गरेको हो ।
योसँगै व्यक्तिगत निक्षेपकर्ताको ब्याजदर ११.३ प्रतिशत रहने छ भने संस्थागत निक्षेपकर्तामा २ प्रतिशत विन्दुले घटेर ९.०३ प्रतिशत कायम भएकाे छ ।
राष्ट्र बैंकको एकीकृत निर्देशीका जारी गर्दै व्यक्तिगत र संस्थागत निक्षेपकर्ताको ब्याजदरमा २ प्रतिशत बिन्दुले फरक हुनपर्ने नियम बनाएको थियो सो नियम अनुसार भदौ देखि लागू हुने हुने गरि संघले बैंकहरुले व्यक्तिगत निक्षेपकर्ताको व्याजदर नबढाइ संस्थागत निक्षेपकर्ताको तर्फ व्याजदर घटाएका छन् ।