images
images

चीनको मानिसमा देखियो बर्डफ्लु


  • 380
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    चीनको मानिसमा देखियो बर्डफ्लु

    काठमाडौं । चीनमा बर्डफ्लुको दुर्लभ भेरियन्ट एच१०एन३ को संक्रमण पहिलोपटक मानिसमा देखिएको छ ।

    चीनको जियान्सु प्रान्तमा बस्ने ४१ वर्षीय पुरुषमा  संक्रमण पुष्टि भएको थियो ।

    चीनको नेशनल हेल्थ कमिसन (एनएचसी)ले मंगलबार दिएको जानकारी अनुसार जेनजियाङ सहरमा बस्ने बर्डफ्लुका संक्रमित गत अप्रिल २८ मा अस्पतालमा भर्ना भएका थिए । 

    त्यसको एक महिनापछि उनलाई एच१०एन३को संक्रमण भएको पुष्टि भएको थियो ।

    यद्यपि यो संक्रमण मानिसबाट अर्को मानिसमा सजिलै नसर्ने अनुमान गरिएको छ ।

    बर्डफ्लुको धेरै भेरियन्टहरु देखिएका छन् । तर, कुखुरा फर्ममा काम गर्ने मानिसमा भने यो संक्रमण भने देखिएको थिएन । 

    अहिले संक्रमण देखिएका मानिसको सम्पर्कमा आएका अन्य मानिसमा गरिएको परीक्षणमा भाइरसको संक्रमण देखिएको थिएन ।

    एच१०एन३ भेरियन्ट विश्वभर नै मानिसमा देखिएको थिएन । यो कहिलेकाँही कुखुराबाट मानिसमा सर्न सक्ने संक्रमण हो र यसको ठूलो संख्यामा फैलिने जोखिम निकै कम छ ।’, एनएचसीले उल्लेख गरेको छ । 


    images
    images

    Logo