images
images

चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइने


  • 576
    SHARES
  • २०७८ जेठ १९ गते बुधबार

    चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहलाई लगाइने

    काटमाडौं । मंगलबार काठमाडौं ल्याइएको चिनियाँ खोप सात वटै प्रदेशमा रहेका ६० देखि ६४ वर्ष उमेर समूहका जनसंख्यालाई आधार मानेर वितरण गर्न लागिएको स्वास्थ्य सेवा विभागले जनाएको छ ।

    सातै प्रदेशमा गरी यो उमेर समूहका करिब ८ लाख ५५ हजार जना रहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ । 

    यसअघि चिनियाँ अनुदानको खोप चीनसँग सिमाना जोडिएका र बढी कारोबार हुने जिल्लावासीलाई प्राथमिकता दिएर लगाइएको थियो । यसपटक भने सबै प्रदेशमा वितरण गर्न लागिएको हो ।

    खोप केन्द्रबाट प्रदेश आपूर्ति केन्द्रमा पठाइने छ र केन्द्रले प्रदेश स्वास्थ्य निर्देशनालयसँग मिलेर खोप अभियान सञ्चालन गर्नेछ । 

    बुधबार कुन प्रदेशलाई कति खोप पठाउने भन्ने यकिन गरेपछि बिहीबार साँझ वा शुक्रबार बिहानै सबै प्रदेशमा खोप पठाउने तयारी केन्द्र सरकारको छ ।

     


    images
    images

    Logo