images
images

नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई नियमित उडानको अनुमति


  • 500
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई नियमित उडानको अनुमति

    काठमाडौं ।  नेपाल नागरिक उड्डयन प्राधिकरणले  नेपाल एयरलाइन्ससहित चार वायुसेवा कम्पनीलाई चार अन्तर्राष्ट्रिय नियमित उडानको अनुमति दिएको छ । 

    स्वीकृत तालिकाअनुसार नेपाल वायुसेवा निगम, टर्किस एयरलाइन्स, कतार एयरवेज र एयर इण्डियाले नेपालमा नियमित उडानको अनुमति पाएका हुन् ।

    सरकारले भारतमा दुई र अन्य तीन मुलुकमा साताको एक नियमित उडान खोलेको छ ।

    अनुमति पाएका उडानमध्ये टर्कीले इस्तानबुलमा मात्र उडान गर्न पाउने छ । टर्कीका लागि ३ जुनबाट सातामा एक उडानको अनुमति दिइएको छ । यो उडान हरेक बिहीबार हुनेछ ।

    नेपाल एयरलाइन्सले कतारको दोहा र भारतको नयाँ दिल्लीका लागि अनुमति पाएको छ । दोहाका लागि कतार एयरवेजले समेत एक उडान पाएको छ । कतारमा नेपाल एयरलाइन्स र कतारले हरेक सोमबार उडान गर्नेछन् ।

    दुबै कम्पनीले ७ जुनबाट उडान थाल्न सक्नेछन् । नेपाल एयरलाइन्सको जहाज नयाँ दिल्ली भने हरेक बुधबार उड्नेछ । भारतीय वायुसेवा एयर इण्डियाले भने साताको शुक्रबार काठमाडौ उडान गर्ने गरि अनुमति पाएको छ ।

    भारतमा एयर बबल स्किम अनुसार उडान भइरहेको छ । थप तीन मुलुकमा भने सरकारले एक साता अगाडी उडान खोल्ने निर्णय गरेको थियो ।

     


    images
    images

    Logo