काठमाडौं । एनआईसी एशिया बैंकले आफ्नो बैंक खाता कनेक्ट आईपीएसमा लिंक गरी अनलाइनबाटै आफैँ भेरिफाइ गर्न सकिने सुविधा ल्याएको छ ।
अनलाइन सुविधासँगै बैंकका ग्राहकले कनेक्ट आईपीएसमा लिंक गरिएको खाता भेरिफाइ गर्न बैंकको शाखा पुग्नु नपर्ने र अनलाइनबाटै सम्पूर्ण प्रक्रिया पूरा गरी कारोबार गर्न सकिने जनाइएको छ ।
अनलाइन सेल्फ भेरिफाइ गरिएका खाताहरुका लागि बैंकले प्रतिदिन दुई लाख तथा प्रतिमहिना १० लाख रुपैयाँसम्मको कारोबार सीमा प्रदान गरेको छ भने कनेक्ट आईपीएसमा रहेको पूर्ण कारोबार सीमाको लागि भने ग्राहकले बैंकमा फर्म बुझाएर एकपटक भेरिफाइ गराउनुपर्ने जनाइएको छ ।
बैंक खाता लिंक गरी सेल्फ भेरिफाई कसरी गर्ने
–कनेक्ट आईपीएसमा लिंक एकाउन्ट अप्सन भित्र आवश्यक विवरण दाखिला गरी खाता लिंक गर्ने
–म्यानेज एकाउन्टभित्र लिंक गरिएको खातामा सेल्फ भेरिफाई एकाउन्टमा क्लिक गर्ने
–रजिष्टर गरिएको मोबाइल नम्बरमा प्राप्त ओटीपी दाखिला गर्ने
–अनलाइन लिंक गर्न खोजिएको खातामा जम्मा भएको दुईवटा रकमहरु दाखिला गरी प्रकृया पूरा गर्ने
–अब लिंक गरिएको खाता मार्फत मोबाइल एप र वेबबाट सजिलै कारोबार गर्न सकिन्छ ।



