काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलास गठनमा प्रधानन्यायाधीशको अधिकार खोसिएको छ ।
यसअघि प्रधानन्यायाधीशले आफ्नो नेतृत्वमा आफूले चाहेका ४ जना न्यायाधीश छानेर इजलास गठन गर्न पाउने व्यवस्था रहेकोमा अब न्यायाधीशको वरिष्ठताक्रमका आधारमा इजलास गठन गर्ने व्यवस्था हुन लागेको हो ।
सो व्यवस्थाका लागि संवैधानिक इजलाससम्बन्धी नियमावली संशोधन गर्न सर्वोच्च अदालतको फूलकोर्ट बस्न लागेको छ । सो नियमावली संशोधनका लागि फूलकोर्टले न्यायपरिषद्लाई सिफारिस गर्नेछ ।



