images
images

वीर अस्पतालले सुरु ग¥यो  नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार


  • 574
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    वीर अस्पतालले सुरु ग¥यो  नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार

    काठमाडौं । कोरोना महामारीको बढ्दो जोखिमलाई ध्यानमा राखेर वीर अस्पतालले  नयाँ सर्जिकल भवनमा कोरोना संक्रमितको उपचार सुरु गरेको छ । 

    उक्त भवनमा ५०१ बेड क्षमता रहेको र हाल ५० बेडबाट उपचार सुरु गरिएको छ ।

    अस्पतालमा बुधबारदेखि १०० जनाको उपचार गरिने र यही हप्ता पूर्ण रुपमा सञ्चालन गरिने अस्पतालका प्रमुख प्रशासकीय अधिकारी डा. जागेश्वर गौतमले बताए ।

    भवनमा संक्रमितको उपचारका लागि ३०० वटा अक्सिजन सिलिन्डरको व्यवस्था गरिएको छ । 

    नयाँ भवन सञ्चालनमा आएसँगै ट्रमा सेन्टर र वीर अस्पतालको पुरानो भवनलाई भने ननकोभिड अस्पतालको रुपमा छुट्ट्याइएको छ ।

    वीर अस्पताललाई सरकारले देशभर कोरोना संक्रमितको उपचार गर्ने स्वास्थ्य संस्थाहरुको व्यवस्थापन गर्ने कोभिड युनिफाइड अस्पतालको रुपमा परिणत गरेको छ ।


    images
    images

    Logo