images
images

नेपालमा फेला परेको नयाँ भेरियन्टलाई ‘डेल्टा’ र ‘कप्पा’ नामकरण


  • 635
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    नेपालमा फेला परेको नयाँ भेरियन्टलाई ‘डेल्टा’ र ‘कप्पा’ नामकरण

    काठमाडौं । नेपालमा फेला परेको नयाँ भेरियन्टलाई ‘डेल्टा’ र ‘कप्पा’ नामकरण गरिएको छ । 

    भारतबाट नेपाल भित्रिएको हुनाले यसको नाम  ‘डेल्टा’ र ‘कप्पा’ राखिएको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा‍. सागर राजभण्डारीले बताए । 

    भारतमा भेटिएको भेरियन्ट (B.1.617.2) लाई ‘डेल्टा’ नाम दिएको छ । भारतमै फेला परेको अर्को भेरियन्ट(B.1.617.1) लाई ‘कप्पा’ नाम दिइएको छ ।

    विश्व स्वास्थ्य संगठनले विश्वका विभिन्न देशमा फेला परेका कोरोना भाइरसका नयाँ भेरियन्टलाई छुट्टाछुट्टै नाम दिएको छ ।

    विश्व स्वास्थ्य संगठनले बेलायतमा भेटिएको भेरियन्टलाई ‘अल्फा’, ब्राजिलमा भेटिएको भेरियन्टलाई ‘गामा’, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई ‘बेटा’, नाम दिइएको छ ।

    भारतमै फेला परेका भेरियन्ट नेपालमा पनि पुष्टि भएको छ ।  भारतमा फेला परेको ‘डेल्टा’ भेरियन्ट विश्वका ५० भन्दा बढी देशमा फैलिएको बताइन्छ ।

    कोरोनाभाइरसको भेरियन्टको नाममा सहजीकरण र यसको भ्रम अन्त्य गर्नका लागि ग्रिक शब्दबाट नयाँ नामकरण गरिएको बीबीसीले जनाएको छ ।

    यसअघि जुन देशमा भेटियो, त्यही देशको नामबाट भेरियन्टलाई चिनाउने गरिएको थियो । भारतले ‘भारतीय भेरियन्ट’ भनिएकोमा आपत्ति नै जनाएको थियो । भारतको संचार मन्त्रालयले ‘भारतीय भेरियन्ट’ लेखिएका सबै पोष्ट हटाउन सामाजिक सञ्जाल कम्पनीलाई निर्देशन नै दिएको थियो ।


    images
    images

    Logo