images
images

जनजीवन सहज बनाउनुपर्ने प्रशासनको निष्कर्ष, निषेधाज्ञा भने थपिने


  • 912
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    जनजीवन सहज बनाउनुपर्ने प्रशासनको निष्कर्ष, निषेधाज्ञा भने थपिने

    काठमाडौं । काठमाडौं उपत्यकामा विगत ३५ दिनदेखि लाग्दै आएको निषेधाज्ञा फेरि थपिने भएको छ । कोरोनाभाइरस संक्रमण अझै पनि नघटेको भन्दै थप १ साताका लागि निषेधाज्ञा थप गर्ने तयारी गरिएको हो । 

    पछिल्लोपटक लगाइएको एक साताको निषेधाज्ञा जिल्ला प्रशासन कार्यालयले निकै कडा बनाएको छ । यो अवधिमा खाद्यान्न पसलहरु खोल्न समेत प्रतिबन्ध लगाइएको छ । 

    तर, अबको निषेधाज्ञा भने अघिल्लो सातासम्म लगाइएको निषेधाज्ञा जस्तै हुने जनाइएको छ । सोमबार काठमाडौं जिल्लाका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुली सहितको जिल्ला प्रशासनको टोलीले तथा उपत्यका भित्रिने नाकामा अनुगमन गरेको थियो ।

    अनुगमनका क्रममा प्रशासनले अस्पतालहरुमा पर्याप्त बेड र अक्सिजन पाउने अवस्था भएको, संक्रमणदरमा कमी आएको कारणले जनजीवन सहज बनाउनुपर्ने निष्कर्ष निकालेको छ । यद्यपि यसबारे आधिकारिक निर्णय भने उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारी सम्मिलित बैठकले गर्नेछ ।


    images
    images

    Logo