images
images

प्रभु र सेञ्चुरी बैंकबीच मर्जरको सहमति, मर्जरपछि यस्तो बन्नेछ बैंक


  • 654
    SHARES
  • २०७९ श्रावण १५ गते आइतबार

    प्रभु र सेञ्चुरी बैंकबीच  मर्जरको सहमति, मर्जरपछि यस्तो बन्नेछ बैंक

    काठमाडौं ।  प्रभु बैंक र सेञ्चुरी बैंकबीच मर्जरको सहमति भएको छ । आइतबार साँझ मेरियट होटलमा दुबै बैंकका अध्यक्षहरुले मर्जरको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

    प्रभु बैंक र सेञ्चुरी बैंकले १:१ को अनुपातमा मर्जरमा जाने सम्झौता गरेका हुन् ।सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम प्रभु बैंक हुने छ । सञ्चालक समितिको अध्यक्षमा सेञ्चुरी बैंकका अध्यक्ष राजेश श्रेष्ठ हुनेछन् । प्रमुख कार्यकारी अधिकृतमा प्रभु बैंकका प्रमुख कार्यकारी अशोक शेरचन हुनेछन् । यस्तै सेञ्चुरी बैंकका सीइओ मनोज न्यौपाने डेपुटी सीइओ हुनेछन् ।

    सेञ्चुरीको चुक्ता पुँजी ९ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। प्रभुको चुक्ता पुँजी १२ अर्ब ७० करोड रुपैयाँ रहेको छ। दुई बैंक मर्जरमा जाँदा २२ अर्ब  २५ करोड रुपैयाँ पुग्नेछ । 


    images
    images

    Logo