images
images

२ हजारको दरले बढ्दा कति पुग्यो सरकारी कर्मचारीको तलब ?

कार्यालय सहयोगीको १० प्रतिशत बढ्यो, मुख्यसचिवको ३ प्रतिशत


  • 2.5K
    SHARES
  • २०७८ जेठ १८ गते मंगलबार

    २ हजारको दरले बढ्दा कति पुग्यो सरकारी कर्मचारीको तलब ?

    काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को बजेटमार्फत् सरकारले प्रत्येक राष्ट्रसेवक कर्मचारीको तलबमा २/२ हजार रुपैयाँले वृद्धि गरेको छ । प्रत्येक २ वर्षमा तलब वृद्धि गर्ने प्रचलन अनुसार यो वर्ष सबै तहका कर्मचारीहरुलाई एउटै स्केलमा तलब बढाइएको हो । 

    कर्मचारीको तलब वृद्धि सामान्यतया प्रतिशतका आधारमा हुन्थ्यो । यसो गर्दा धेरै पाउनेको तलब धेरैले बढ्थ्यो भने थोरै पाउनेको तलब थोरैले मात्रै बढ्थ्यो । एउटै स्केलमा तलब बढाउँदा तल्ला तहका कर्मचारीलाई फाइदा पुगेको छ । 

    यसअघि बाबुराम भट्टराई अर्थमन्त्री हुँदा पनि कर्मचारीलाई एउटै स्केलमा तलब बढाइएको थियो । त्यतिबेला कर्मचारीलाई ४/४ हजारको दरमा तलब वृद्धि गरिएको थियो । 

    कति पुग्यो तलब ? 

    नयाँ स्केल अनुुसार अब २१ हजार रुपैयाँ देखि ६७ हजार रुपैयाँसम्म पुगेको छ । सबैभन्दा बढी तलब मुख्यसचिवको मासिक ६७ हजार १ सय ३६ रुपैयाँ हुनेछ । त्यस्तै, सचिव तहका कर्मचारीले मासिक ६२ हजार ६ सय ७६ रुपैयाँ तलब पाउनेछन् ।

    त्यस्तै, सहसचिव तहका कर्मचारीको तलब ४९ हजार ३ सय ७७ रुपैयाँ हुुनेछ । उपसचिव तहको तलब ४२ हजार ३ सय ८० रुपैयाँ हुनेछ । शाखा अधिकृतको तलब ३७ हजार ९ सय ९० रुपैयाँ पुर्याइएको छ । उल्लेखित कर्मचारी राजपत्रांकित तहका कर्मचारी हुन् । 

    राजपत्र अनंकित तहका कर्मचारीमध्ये नायव सुब्बा सरहका कर्मचारीको तलब ३० हजार २ सय रुपैयाँ पुर्याइएको छ । खरिदार तहका कर्मचारीको तलब २८ हजार ६ सय ४० रुपैयाँ पुगेको छ भने कार्यालय सहयोगीको तलब २१ हजार ४ सय ७६ रुपैयाँ पुर्याइएको छ । 

    कसको कति प्रतिशत बढ्यो ? 

    सबैलाई बराबर तलब बढाउँदा सबैभन्दा कम तलब स्केल भएका कर्मचारी बढी लाभान्वित भएका छन् । प्रतिशतका आधारमा हिसाब गर्दा कार्यालय सहयोगीको तलब १०.२६ प्रतिशतले बढेको छ । 

    त्यस्तै, खरिदारको ७.५१ प्रतिशत, नासुको ७.१० प्रतिशत, अधिकृतको ५.५६ प्रतिशत, उपसचिवको ४.९६ प्रतिशत, सहसचिवको ४.२३ प्रतिशत, सचिवको ३.३० प्रतिशत र मुख्यसचिवको तलब ३.०७ प्रतिशत तलब बढेको छ । 

    २ वर्ष अघि सरकारले सबै कर्मचारीलाई १८ प्रतिशतको दरले तलब बढाएको थियो । त्यतिबेला मुख्यसचिवको तलब ९ हजार ९ सय ३६ रुपैयाँले बढ्दा श्रेणीविहीन कार्यलय सहयोगी तहको कर्मचारीको तलब २ हजार ९ सय ७१ रुपैयाँ मात्रैले बढेको थियो ।

    salary-public-servant.JPG


    images
    images

    Logo