काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले नेकपा एमालेका नेता भीम रावलमाथि कडा टिप्पणी गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोना खोप तथा उपचारका लागि सहयोग गर्न विभिन्न राष्ट्रप्रमुखलाई पत्र लेखेको विषयमा रावलले गरेको टिप्पणीप्रति उनी खनिएका हुन् ।
थापाले रावललाई आधा मगज बिग्रेको अर्थात् पार्सिएल्ली हेड ड्यामेज को आरोप लगाएका छन् । उनले राष्ट्रपतिले चीनका राष्ट्रपतिसँग भर्चुअल संवाद गरेको र भारत, अमेरिका र रुसका राष्ट्रपति र बेलायतकी महारानीलाई पत्राचार गर्नुलाई उचित पहल समेत भनेका छन् ।
