काठमाडौं । अघिल्लो वर्षको भन्दा यस वर्ष धेरै वर्षा हुने र बाढी, पहिरो तथा रोगब्याधीले धेरैलाई असर गर्ने राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ ।
अघिल्लो वर्ष कम पानी परेको अवस्थामा पनि बाढी र पहिरोको धेरै घटना घटेको हुँदा यस वर्ष धेरै वर्षाले विपतको घटना कहालीलाग्दो हुनसक्ने प्राधिकरणका कार्यकारी प्रमुख डा. अनिल पोखरेलले बताए ।
पोखरेलका अनुसार यो वर्ष झन् कहालीलाग्दो किन छ भने मौसम आउटलुक जुन तयार पारिन्छ, सरदरभन्दा बढी पानि पर्ने देखिएको छ । बाढी, पहिरोको घटना र अन्य रोगव्याधिका घटना नि बढ्ने देीखएको छ ।
डा. पोखरेलले बाढी, पहिरो, रोगब्याधी, सर्पदंश लगायतले १२० दिनसम्म पिरोल्ने भएकाले विपत् बाट बच्न पूर्वतयारी आवश्यक रहेको बताए ।
जोखिमका बस्तीहरु छन् भने अहिलेदेखि नै सुरक्षित हुने उपाय अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । उनले भने, ‘हरेक व्यक्ति, समुदायको आ–आफ्नो ठाउँमा पूर्वतयारी गर्नु आवश्यक छ ।
उनले विपत् बाट बच्नका लागि र जानकारी प्राप्त गर्नका लागि सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा आफुहरुले प्रेसित गर्ने सन्देशहरू निरन्तर हेर्न, पढ्न र सुन्न पनि आग्रह गरे ।



