images
images

लुम्बिनी प्रदेश राष्ट्रियसभामा काँग्रेसले बाजी मार्यो


  • 900
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    लुम्बिनी प्रदेश राष्ट्रियसभामा काँग्रेसले बाजी मार्यो

    काठमाडौं । लुम्बिनी प्रदेशबाट राष्ट्रियसभामा नेपाली काँग्रेसका उम्मेदवार दिगनारायण पाण्डे विजयी भएका छन् ।

    सोमबार भएको निर्वाचनमा उनले नेकपा एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका हुन् । पाण्डेलाई काँँग्रेस माओवादी सहितको विपक्षी गठबन्धनको समर्थन थियो । 

    पाण्डेलाई प्रदेशसभाका ४२ सांसदले मतदान गरेका थिए भने स्थानीय तहका ११८ जनाले मतदान गरेका थिए । उनका प्रतिद्वन्द्वी खड्कालाई भने प्रदेशसभामा ४० र स्थानीय तहमा ९४ मत मात्रै प्राप्त भएको थियो । 

    प्रदेश सभाको १ र स्थानीय तहको २ मत भने बदर भएको थियो । 


    images
    images

    Logo