images
images

ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्तो छ ?


  • 443
    SHARES
  • २०७९ श्रावण १० गते मंगलबार

    ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्यो, अन्य सूचक कस्तो छ ?

    काठमाडौं । ग्लोबल आइएमई लघुवित्तको नाफा बढ्योबढेको छ । कम्पनीको चौथो त्रैमासको वित्तीय विवरण अनुसार लघुवित्तको नाफा १०.०५ प्रतिशतले बढेको छ । असार मसान्ततसम्ममा कम्पनीले २५ करोड ५ लाख रुपैयाँ नाफा कमाएको छ । यस्तो रकम गत वर्ष २२ करोड ७६ लाख रुपैयाँ रहेको थियो । 

    चौथो त्रैमाससम्ममा लघुवित्तको कुल सञ्चालन आम्दानी २५.८४ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सञ्चालन मुनाफा २६.९३ प्रतिशत बढेको छ। असार मसान्तसम्ममा लघुवित्तको जगेडा कोष ३३.४५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी ३४.८६ प्रतिशत, निक्षेप ३८.४६ प्रतिशत र कर्जा ३३.७४ प्रतिशत बढेको छ।

    नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घटेको छ। लघुवित्तको प्रतिशेयर आम्दानी ७ रुपैयाँ ४० पैसा घटेर ४५ रुपैयाँ ३४ पैसामा झरेको छ । प्रतिशेयर नेटवर्थ १ सय ८३ रुपैयाँ ४२ पैसा रहेको छ।


    images
    images

    Logo