images
images

चीनमा दुई सन्तानको नीति समाप्त, दम्पत्तीले तीन सन्तान जन्माउन पाउने 


  • 674
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    चीनमा दुई सन्तानको नीति समाप्त, दम्पत्तीले तीन सन्तान जन्माउन पाउने 

    काठमाडौं । चीनमा दुई सन्तानको नीति समाप्त भएको छ र जोडीलाई तेस्रो सन्तान जन्माउने अनुमति दिएको छ ।

    चीनको जनसंख्या वृद्धिदर दशकयताकै सबैभन्दा कम रहेको तथ्यांक सार्वजनिक भएको अवस्थामा यस्तो निर्णय लिइएको हो ।

    चीनको सरकारी  एजेन्सी शिन्ह्वाका अनुसार चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्यूरो छलफलमा राष्ट्रपति सी जिनपिङले सोमबार यो नीतिलाई स्वीकृति दिएका हुन् ।

    चिनियाँ सरकारले तीन सन्तान जन्माउने दम्पत्तीलाई प्रोत्साहन गर्ने नीति पनि लागू गर्ने बताएको छ ।

    तेस्रो सन्तान जन्माउन प्रोत्साहनस्वरूप अवकाश  पाइने समय सार्ने, बालबच्चाको हेरविचार गर्ने सुविधामा सुधार गर्ने, सुत्केरी बिदा बढाउने, चाइल्ड बर्थ इन्स्योरेन्स गर्नुका साथै युवाहरूलाई विवाह र परिवारबारे शिक्षा दिइने जानकारीमा उल्लेख छ ।

     


    images
    images

    Logo