काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी बैंकले २ अर्ब २ करोड रुपैयाँ बराबरको नाफा कमाउन सफल भएको छ ।बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार मसान्तसम्मा बैंकको नाफा सो परिणाममा बढेको हो ।
गतवर्षको तुलनामा यो रकम ५१.९८ प्रतिशतले बढि हो । गत वर्ष सोही अवधिमा यस्तो रकम १ अर्ब ३३ करोड ९ लाख रुपैयाँ रहेको थियो ।
असार मसान्तसम्ममा बैंकको खुद ब्याज आम्दानी ४ अर्ब १५ करोड ५६ लाख रुपैयाँ रहेको छ । गत वर्ष सोही अवधिमा यो रकम ३ अर्ब १४ करोड ९८ लाख रुपैयाँ रहेको थियाे । यो गत वर्षको तुलनामा ३१.९३ प्रतिशतले बढि हो । चौथो त्रैमाससम्ममा बैंकको निक्षेप संकलन २६.१६ प्रतिशत प्रतिशतले बढेको छ । त्यस्तै कर्जा लगानीमा २८.१३ प्रतिशतले वृद्धि गरेको छ ।
असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा १ अर्ब ४७ करोड ४२ लाख रुपैयाँ रहेको छ। बैंकको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १५ पैसा रहेको छ भने बैंकको प्रतिशेयर नेटवर्थ १ सय ४७ रुपैयाँ ७९ पैसा पैसा रहेको छ ।



