images
images

८७.८२ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, अन्य सुचक कस्तो छ ?


  • 471
    SHARES
  • २०७९ श्रावण ९ गते सोमबार

    ८७.८२ प्रतिशतले बढ्यो फर्स्ट माइक्रोफाइनान्सको नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । फर्स्ट माइक्रोफाइनान्सको नाफामा ८७.८२  प्रतिशतले वृद्धि भएको छ । माइक्रोफाइनान्सले आर्थिक वर्षको चौथो त्रैमाससम्ममा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ८७.८२ प्रतिशतले नाफा बढाएको हो । 

    चालु आर्थिक वर्षको चौथो त्रैमाससम्ममा माइक्रोफाइनान्सले २६ करोड ८८ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १४ करोड ३१ लाख रुपैयाँमात्र नाफा आर्जन गरेको थियो । 

    असारमसान्तसम्ममा कम्पनीको कुल सञ्चालन आम्दानी ६०.५६ प्रतिशत बढेर ५० करोड १४ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा ९०.७२ प्रतिशत बढेर ३८ करोड ८४ लाख रुपैयाँमा पुगेको छ । चौथो त्रैमाससम्ममा कम्पनीनीले ९ अर्ब ४५ करोड रुपैयाँ बैंक तथा वित्तीय संस्थाहरुसँग सापटी लिई १० अर्ब ४० करोड  रुपैयाँ कर्जा लगानी गरेको छ ।

    असार मसान्तसम्ममाकम्पनीकोे प्रतिशेयर आम्दानी २७ रुपैयाँ ८८ पैसा रहेको छ । भन प्रतिशेयर नेटवर्थ १ सय ४५ रुपैयाँ ६९ पैसा रहेको छ।


    images
    images

    Logo