images
images

५५.७० प्रतिशतले बढ्यो लुम्बिनी विकास बैंकको नाफा, अन्य सुचक कस्तो छ ?


  • 537
    SHARES
  • २०७९ श्रावण ८ गते आइतबार

    ५५.७० प्रतिशतले बढ्यो लुम्बिनी विकास बैंकको नाफा, अन्य सुचक कस्तो छ ?

    काठमाडौं । लुम्बिनी विकास बैंकको नाफा उल्लेख्य बढेको छ । बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार  बैंकको नाफा ५५.७० प्रतिशतले बढेको हो । 

    असार मसान्तसम्मा बैंकको नाफा ६७ करोड ५६ लाख रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ४३ करोड ३९ लाख आर्जन गरेको थियो । 

    बैंकको खुद ब्याज आम्दानी ३०.१५ प्रतिशत बढेर १ अर्ब ५७ करोड रुपैयाँमा पुगेको छ । चौथो त्रैमाससम्मा बैंकको सञ्चालन मुनाफा ६०.०२ प्रतिशत बढेर ९७ करोड ३ लाख रुपैयाँमा पुगेको छ। साथै असार मसान्तसम्ममा बैंकले वितरणयोग्य नाफा ४७ करोड ९२ लाख रुपैयाँ रहेको छ। 

    बैंकले कुल ४२ अर्ब ८७ करोड रुपैयाँ बराबरको निक्षेप संकलन गरेको छ भने ३८ अर्ब ८ करोड रुपैयाँ बराबरको  कर्जा प्रवाह गरेको छ । चौथो त्रैमाससम्मा बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ५७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७७ रुपैयाँ १९ पैसा रहेको छ।


    images
    images

    Logo