काठमाडौं । सिटिजन्स बैंकको नाफा २४ प्रतिशतले बढेको छ । बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको नाफा २४.७६ प्रतिशतले बढेको हो ।
बैंकले यस त्रैमासमा २ अर्ब २५ करोड खुद नाफा आर्जन गरेको छ भने गत आर्थिक को सोही अवदीमा १ अर्ब ८० अर्ब आर्जन गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ५ अर्ब १२ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ६५ करोड रहेको थियो । खुद व्याज आम्दानी ४० प्रतिशतले बृद्धि भएको छ ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी (ईपीएस) पनि बढेको छ। समीक्षा अवधिमा बैंकको आम्दानी १ रुपैयाँ ५१ पैसा बढेर १५ रुपैयाँ ८५ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १४५ रुपैयाँ ३९ पैसा रहेको छ।