काठमाडौं । लक्ष्मी बैंकको नाफामा सामान्य बृद्धि भएको छ । बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको नाफा १.७६ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्मा बैंकको नाफा १ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ५७ अर्ब आर्जन गरेको थियो ।
बैंकको खुद व्याज आम्दानी ४ अर्ब ८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ३ अर्ब ४५ करोड रहेको थियो । खुद व्याज आम्दानी १८.२७ प्रतिशतले बृद्धि भएको छ । यस्तै सञ्चालन मुनाफा २ अर्ब २८ करोड ४६ लाख ८६ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा २ अर्ब २३ करोड ६० लाख ८९ हजार रुपैयाँ रहेको थियो ।
समीक्षा अवधिमा बैंकको प्रतिसेयर आम्दानी १३ रुपैयाँ ८८ पैसा, प्रतिसेयर नेटवर्थ १ सय ९९ रुपैयाँ, तरलता अनुपात २१.८८ प्रतिशत र मूल्य आम्दानी अनुपात १४.३३ रहेको छ ।



