images
images

कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा छुट दिने, कति कमाउनेलाई कति छुट ?


  • 594
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    कोरोना प्रभावित उद्योग व्यवसायको आयकरमा छुट दिने, कति कमाउनेलाई कति छुट ?

    काठमाडौं । सरकारले बढ्दो कोरोना महामारीका कारण प्रभावित भएका उद्योग व्यवसायको आयकरमा आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत छुट दिने निर्णय गरेको छ ।  

    २० लाख रुपैयाँसम्म कारोबार हुने व्यवसाय वा २ लाख सम्म आम्दानी हुने करदातालाई ९० प्रतिशत छुटको व्यवस्था आर्थिक अध्यादेश मार्फत गरिएको छ । 

    २० लाखदेखि माथि ५० लाख सम्मको कारोबारमा ७५ प्रतिशत कर छुट गरिएको छ । एक करोडसम्म कारोबार भएको व्यवसायीले ५० प्रतिशत छुट आयकरमा पाउनेछन् । 

    होटल, ट्राभल, चलचित्र व्यवसाय, पार्टी प्यालेस, सञ्चारगृह, यातायात वा हवाइ सेवामा एक करोड भन्दा बढी कारोबार गर्ने व्यक्तिलाई आयमा एक प्रतिशतमात्र कर लाग्नेछ । 

    तर पछिल्लो दुई आर्थिक वर्षमा नोक्सानी भएको रहेछ भने त्यस्तो नोक्सानी कट्टा गर्न पाउने अवधी तीन वर्ष थपिएको छ । 


    images
    images

    Logo