काठमाडौं । प्रभु बैंकको नाफा ५१ प्रतिशतले बढेको छ । बैंकले चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । सो विवरण अनुसार बैंकको नाफा ५१.११ प्रतिशतले बढेको हो ।
असार मसान्तसम्मा बैंकको नाफा २ अर्ब ६० करोड रुपैयाँ रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा १ अर्ब ७२ अर्ब आर्जन गरेको थियो ।
कम्पनीको हाल सम्मको वितरण योग्य नाफा १ अर्ब ४१ करोड रहेको छ । चुक्ता पुँजी १२ अर्ब ७० करोडको आधारमा यो ११.१२ प्रतिशत हो । यसको अर्थ बैंकले अहिलेको अवस्थामा ११ रुपैयाँ १२ पैसासम्म लाभांश दिने क्षमता राख्छ ।
बैंकको खुद व्याज आम्दानी ६ अर्ब १८ करोड रहेको छ भने गत आर्थिक वर्षको सोही अवधिमा ५ अर्ब २ करोड रहेको थियो ।
नाफासँगै बैंकको प्रतिशेयर आम्दानी २० रुपैयाँ ४६ पैसा पुगेको छ। सो अवधिसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १०.१२ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५६ रुपैयाँ १६ पैसा रहेको छ।



