काठमाडौं । नेपाल राष्ट्र बैंकले लघुवित्तल वित्तीय संस्थाहरुलाई पुँजीकोषको शतप्रतिशत ऋणपत्र निष्काशन गर्न पाउने व्यवस्था मिलाएको छ । आर्थिक वर्ष २०७९/८० को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले पुँजीकोष बराबरको ऋणपत्र जारी गर्न पाउने व्यवस्था गरिएको हो ।
आज सार्वजनिक भएको मौद्रिक नीतिमा लघुवित्त वित्तीय संस्थाहरुले आफ्नो पुँजीकोष बराबरको ऋणपत्र जारी गरी स्रोत परिचालन गर्न सक्ने व्यवस्था गरिएको छ । यो गत आर्थिक वर्षमा २५ प्रतिशतमात्रै जारी गर्न पाउने व्यवस्था गरिएको थियो ।