काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादनशील र ब्यापारिक क्षेत्रको लागि प्रवाह हुने कर्जामा अब छुट्टा-छुट्टै ब्याजदर निर्धारण गर्ने भएको छ । शुक्रवार आर्थिक वर्ष २०७९/८० को मौदिैक नीति सार्वजनिक गर्दै बैंकले यस्तो निर्याय गरेको हो ।
मौद्रिक नीतिमार्फत बैंकले उत्पादनशील र व्यापारिक क्षेत्रमा जाने कर्जाको ब्याजदरमा भिन्नता जनाएको छ । साथै, हाललाई बैंक तथा वित्तीय संस्थाले खाद्यान्न उत्पादन, पशुपंक्षी, मत्स्यपालन, निर्यातजन्य र शतप्रतिशत स्वदेशी कच्चा पदार्थमा आधारित उत्पादनमूलक उद्योगका लागि २ करोडसम्मको कर्जाप्रवाह गर्दा आधार दरमा अधिकतम २ प्रतिशत बिन्दुसम्म प्रिमियम थप गरी ब्याजदर निर्धारण गर्न पाउने व्यवस्था लागु गर्ने भएको छ ।