काठमाडौं । मर्जर तथा प्राप्तीको नाममा हुने शेयर चलखेल अन्त्य भएको छ । नेपाल राष्ट्र बैंकले विद्यमान रहेको शेयर कारोबार रोक्का प्रणाली खारेज गरेसँगै यस्तो चलखेल अन्त्य हुने भएको हो ।
मौद्रिक नीति जारी गर्दै नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले राष्ट्र बैंकको यस्तो प्रणाली खारेज गरेको उल्लेख गरेका हुन् । अब यस्तो व्यवस्था धितोपत्र बोर्डले जारी गरेको नियमानुसार हुने समेत उनले जानकारी दिए ।
अहिले मर्जर सम्झौतासँगै मर्जरमा जाने सबै कम्पनी र एक्विजिसन सम्झौतासँगै एक्वायर हुने कम्पनीको शेयर रोक्का हुने प्रचलन छ ।
अहिले मर्जर तथा प्राप्तीको हल्ला चलाएर बजारमा शेयरमूल्यमा चलखेल गर्ने चलन छ । यो व्यवस्था खारेजीसँगै मर्जर गर्ने नाममा शेयरमूल्यलाई अत्यधिक बढाउने वा अत्यधिक घटाउने सम्भावना हुने छैन ।



