images
images

कालिका लघुवित्तको नाफामा छलाङ, १३२.७२ प्रतिशत बढ्यो नाफा


  • 574
    SHARES
  • २०७९ श्रावण ६ गते शुक्रबार

    कालिका लघुवित्तको नाफामा छलाङ, १३२.७२ प्रतिशत बढ्यो नाफा

    काठमाडौं । कालिका लघुवित्तले आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार लघुवित्तले नाफामा छलाङ मारेको छ । चैत मसान्तसम्ममा बैंको नाफा १३२.७२ प्रतिशतले बढेको हो । 

    लघुवित्तले असार मसान्तसम्ममा १२ करोड ८४ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्षको सोही अवधिमा लघुवित्तले ५ करोड ५२ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। यो गत वर्षको तुलनामा १३२.७२ प्रतिशत बढी हो। 

    यस्तै, लघुवित्तकोको खुद व्याज आम्दानी पनि १.१३ प्रतिशतले बढेको छ । लघुवित्तको चौथो त्रैमाससम्म २९ करोड ४७ लाख रुपैयाँ खुद व्याज आम्दानी गरेको छ । गत वर्षमा यो रकम २९ करोड १५ लाख रुपैयाँ रहेको थियो ।

    चौथो त्रैमाससम्ममा लघुवित्तको ईपीएस पनि बढेको छ। असार मसान्तसम्मा लघुवित्तको ईपीएस ४१ रुपैयाँ ७ पैसा रहेको छ । प्रतिशेयर नेटवर्थ १ सय ७२ रुपैयाँ ६८ पैसारहेको छ ।


    images
    images

    Logo