images
images

लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु


  • 604
    SHARES
  • २०७८ जेठ १७ गते सोमबार

    लुम्बिनीमा राष्ट्रिय सभा उपनिर्वाचनको मतदान सुरु

    लुम्बिनी । राष्ट्रिय सभाअन्तर्गत लुम्बिनी प्रदेशमा रिक्त १ सदस्य पदको उपनिर्वाचनका लागि मतदान सुरु भएको छ । 

    दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्र परिसरको तीनवटा मतदान केन्द्र मतदाताले मतदान गर्ने क्रम सुरु भएको छ । 

    लुम्बिनीमा प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधि गरी मतदाताको कुल संख्या तीन सय जनाले मतदान गर्दै छन् । 
    ८३ जना प्रदेश सभा सदस्य छन् भने दुई सय १७ जना स्थानीय तहका प्रमुख–उपप्रमुख रहेका छन् ।

    अघिल्लो चुनावमा माओवादी केन्द्रबाट राष्ट्रिय सभा सदस्य बनेका चन्द्रबहादुर खड्का एमाले प्रवेश गरेपछि रिक्त स्थानमा उपनिर्वाचन हुँदै छ । 

    चुनावमा एमालेले खड्कालाई नै उम्मेदवार बनाएको छ । काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको विपक्षी गठबन्धनले दृगनारायण पाण्डेलाई साझा उम्मेदवार बनाएको छ । 

     


    images
    images

    Logo