काठमाडौं । असार पाचौँ साता वाणिज्य बैंकहरुको निक्षेपमा ४७ अर्बले वृद्धि भएको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप एक सातामा ४७ अर्बले रुपैयाँले बढ्न पुगेको हो ।
संघका अनुसार असारको चौथो साता बैंकहरुको ४४ खर्ब ९४ अर्ब रहेको थियो उक्त निक्षेप यस साता ४५ खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।
यस्तै यो साता बैंकहरुको कर्जा लगानी भने १ अर्ब रुपैयाँले बढेको छ । गत साता बैंकहरुको कर्जा ४१ खर्ब ७४ अर्ब रुपैयाँ रहेको थियो भने यो साता बैंकहरुको कर्जा १ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ७५ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।