काठमाडौं । बैंकहरुको निक्षेप एकैदिन ४४ अर्ब रुपैयाँले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार असार ३२ गते सो बराबरको रकम थपिएको हो ।
असार ३१ गते ५१ खर्ब ९ अर्ब रुपैयाँ रहेको निक्षेप असार ३२ गते एकैदिन ४४ अर्ब रुपैयाँले बढेर ५१ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, वाणिज्य बैंकहरुको पनि निक्षेप ३६ अर्ब रुपैयाँले बढेको छ । ३१ गते ४५ खर्ब ४ अर्ब रहेको निक्षेप ३२ गते ३६ अर्ब रुपैयाँले बढेर ४५ खर्ब ४० अर्ब रुपैयाँमा पुगेको छ ।
त्यस्तै सोही समयमा अन्य बैंक तथा वित्तीय संस्थाहरुको पनि निक्षेप ८ अर्ब रुपैयाँले बढेको छ । ३१ गते ६ खर्ब ५ अर्ब रहेको निक्षेप ३२ मा ८ अर्ब रुपैयाँले बढेर ६ खर्ब १३ अर्ब रुपैयाँ पुगेको छ ।
सो समयमा बैंकहरुको कर्जा लगानी पाि उल्लेख्य रुपमा वृद्धि भएको छ असार ३२ गते एकैदिन बैंकहरुको कर्जा लगानी २३ अर्बले बढेर ४७ खर्ब रुपैयाँ पुगेको छ ।
वाणिज्य बैंकहरुको कर्जा लगानी २२ अर्ब रुपैयाँले बढेर ४१ खर्ब ६८ अर्ब रुपैयाँमा पुगेको छ भने खन्य बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी पनि २ अर्ब रुपैयाँले बढेको छ ।
सो समयमा बैंकहरुको सीडी रेसियो घटेको छ ३२ गते बैंकहरुको सीडी रेसियो ८६.२२ प्रतिशत रहेको छ ।



