images
images

अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड राख्दै, आज कति पुग्यो ?


  • 516
    SHARES
  • २०७९ श्रावण ३ गते मंगलबार

    अमेरिकी डलरले दैनिक नयाँ रेकर्ड राख्दै, आज कति पुग्यो ?

    काठमाडौं । अमेरिकी डलरको भाउले दैनिक नयाँ रेकर्ड कायम गरेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार आज अमेरिकी डलरको हाल सम्मकै उच्च मूल्यमा पुगेको हो ।

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ६६ पैसा र बिक्रीदर १ सय २८ रुपैयाँ २६ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २८ रुपैयाँ २६ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    केही समययता अमेरिकी डलको भाउ लगातार उकालो लागेको छ । भारतीय रुपैयाँसँग स्थिर विनिमय रहेको नेपाली रुपैयाँ भारतीय रुपैयाँसँगै प्रभावित बनिरहेको छ ।अमेरिकी डलरसँग भारतीय मुद्रा हालसम्मकै उच्च दरमा कायम भएपछि यसको प्रभाव नेपाली मुद्रामा परेको हो।

    binimaya.JPG


    images
    images

    Logo