काठमाडौं । नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ४२ करोड रुपैयाँ मुद्धति निक्षेपमा लगानी गर्ने भएको छ । बैंकले सोमवार सुचना जारी गर्दै क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाहरुको मुद्धती निक्षेपमा लगानी गर्न लागेको हो ।
राष्ट्र बैंकले क वर्गको वाणिज्य बैंकहरुमा ३३ करोड ६० लाख, ख वर्गका बैंकहरुमा ६ करोड ३० लाख र ग वर्गका राष्ट्रिय स्तरका वित्त कम्पनीहरुमा २ करोड १० लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
निक्षेप लिन चाहाने इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुले आफुले लिन चाहेको रकम तथा उक्त रकमको लिनका लागि प्रस्ताव गरेको व्याजदर समेत खुलाई साउन ४ गते कार्यलय समय भित्र जानकारी गराउन बैंकले अनुरोध गरेको छ । सो निक्षेपको अवधि ३६५ दिनको हुनेछ ।