images
images

काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण पुष्टि


  • 595
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १०९३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ८०४, ललितपुरमा १७६ र भक्तपुरमा ११३ जनामा संक्रमण पुष्टि भएको छ ।

    पछिल्लो २४ घण्टामा देशभरमा भने ४ हजार ३६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

    यसैगरि कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ६ हजार २०५ रहेको छ । 

    कोरोना संक्रमणका कारण १०९ जनाको मृत्यु भएको छ ।

     


    images
    images

    Logo