images
images

१० अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक


  • 322
    SHARES
  • २०७९ श्रावण १ गते आइतबार

    १० अर्ब २० करोडको ट्रेजरी बिल विक्री गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले १० अर्ब २० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सोमवार बैंकले सो रकम बराबरको ट्रेजरी विल विक्री गर्न लागेको हो । 

    बैंकका अनुसार २८ दिन अवधिका लागि ५ अर्ब रुपैयाँ र ९१ दिनका लागि ५ अर्ब २० करोड रुपैयाँ छुट्याइएको छ । २८ दिनको अवधिको बिल साउन ३१ गते परिपक्व हुनेछ भने ९१ दिनको अवधिको बिल कार्तिक १ गते परिपक्व हुनेछ । 

    यी ट्रेजरी बिल सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् । सो बिलको निष्काशन मंगलबार हुनेछ । 


    images
    images

    Logo