काठमाडौं । प्रभु इस्योरेन्स लिमिटेड र अजोड इस्योरेन्स लिमिटेडको शेयर कारोबार रोक्का भएको छ । यी दुई इस्योरेन्स कम्पनी मर्जरमा जाने सम्झौता गरेसँगै आइतबारदेखि नेप्सेले दोस्रो बजारको शेयर कारोबार रोक्का गरेको हो ।
शनिबार दिउँसो प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले मर्जरको लागि सम्झौता भएको थियो । मर्जरपछि स्वाप रेसियो १००ः७० हुने भएको छ । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता हुने गरेर मर्जमा जान लागेका हुन् ।