images
images

प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर हुने, यस्तो छ सम्झौता 


  • 720
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर हुने, यस्तो छ सम्झौता 

    काठमाडौं । प्रभु इन्स्योरेन्स र अजोड इन्स्योरेन्स पनि मर्जरमा जाने भएका छन् । मर्जरसम्बन्धी सम्झौताको सुविधा प्राप्त गर्ने अन्तिम दिन असार ३२ गते दुई कम्पनीहरु  एक आपसमा मर्जरमा जान समझदारी गरेका हुन् । 

    समझदारी अनुसार प्रभु इन्स्योरेन्सको मर्जरपछिको कम्पनीमा प्रभु र अजोडको १००ः७० बराबरको स्वाप रेसियो निर्धारण हुनेछ । मर्जपछि कम्पनीको नाम प्रभु इन्स्योरेन्स हुनेछ ।  अध्यक्ष भने जोडका अजाद श्रेष्ठ बन्ने छन् । प्रभु इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत सचित बज्राचार्य मर्जरपछि सीईओ हुनेछन् । 

    अहिले प्रभु इन्स्योरेन्सको चुक्ता पुँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ रहेको छ । प्रस्तावित स्वाप रेसियोमा मर्जर गर्दा चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ भने अजोडको ३० करोड रुपैयाँ रिजर्भमा थपिनेछ । यो रकम आगामी वर्ष लाभांश दिन योग्य हुनेछ । 


    images
    images

    Logo