images
images

प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जरको सम्झौता, यस्तो छ सहमति


  • 429
    SHARES
  • २०७९ आषाढ ३२ गते शनिबार

    प्रभु र अजोड इन्स्योरेन्सबीच मर्जरको सम्झौता, यस्तो छ सहमति

    काठमाडौं ।  प्रभु इन्स्योरेन्स कम्पनी र अजोड इन्स्यो‍‍रेन्स कम्पनीले एक आपसमा मर्जरमा जाने भएका छन् । एक आपसमा मर्जरमा जानको लागि दुई कम्पनीबीच असार ३२ गते प्रारम्भिक समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

    शनिबार दिउँसो सम्पन्न एक विशेष कार्यक्रममा  प्रभु इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संयोजक राजेन्द्र मल्ल र  अजोड इन्स्योरेन्सका संचालक तथा मर्जर समितिका संचालक चिरन्जीबी द्वाले  सहमतिपत्रमा हस्ताक्षर गरेका हुन् ।

    प्रभु र अजोड १००ः७० को अनुपातले मर्जरमा जान लागेका हुन् । अजोड इन्स्योरेन्सको १०० कित्ता बराबर प्रभु इन्स्योरेन्समा ७० कित्ता हुने गरेर मर्जमा जान लागेका हुन् ।

    मर्जर पछिको कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा प्रभुका सञ्चित बज्राचार्य रहनेछन् भने अध्यक्षमा अजोडका आजाद श्रेष्ठ रहनेछन् ।मर्जर पछिको सञ्चालक तर्फ प्रभुका ४ जना र अजोडका ३ जना सञ्चालक रहने सहमति भएको छ । 

    हाल प्रभुको चुक्ता पुँजी १ अर्ब २८ करोड छ भने अजोडको १ अर्ब रुपैयाँ रहेको छ भने  १०० बराबर ७० को रेसियोमा मर्ज भएपछि कम्पनीको चुक्ता पुँजी १ अर्ब ९८ करोड रुपैयाँ पुग्ने छ ।


    images
    images

    Logo