images
images

धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने


  • 727
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने

    नवलपरासी । अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०७८÷७९ को बजेट भाषणमा धौवादी फलाम खानीबाट व्यावसायिक उत्पादन शुरु गरिने बताए । 
     
    फलाम, बहुमूल्य धातु, किमती पत्थर, पेट्रोलियम पदार्थलगायत अन्य खनिज पदार्थको अन्वेषण, सर्वेक्षण गरी उत्खनन शुरु  गर्नका लागि आवश्यक बजेटसमेत विनियोजन गरिएको पौडेलले बताए । 

    खानी तथा भूगर्भ विभागले पाँच टन कच्चापदार्थ चीन पठाएर गरेको प्राविधिक परीक्षणको अन्तिम नतिजा सकारात्मक आएको भूगर्भ विभागले यसअघि नै जनाइसकेको छ । 

    धौवादी डाँडामा छ वर्षअघि फलाम खानी भेटिएपछि सरकारले त्यसको प्राविधिक परीक्षणको काम अघि बढाएको थियो । 

    धौवादी फलाम खानीबाट ३५ प्रतिशत धातु भएको फलामको धाउ उत्पादन हुने अध्ययनबाट देखिएको खानी तथा भूगर्भ विभागका महानिर्देशक रामप्रसाद घिमिरेले बताए । 

    त्यसलाई दुई चरणमा अपग्रेड गरेपछि प्रयोग गर्न मिल्ने फलाम बन्छ । पहिलो चरणको अपग्रेडबाट ३५ प्रतिशतलाई ६० प्रतिशतमा र दोस्रो चरणमा उक्त धातुलाई अपग्रेड गरेर १०० प्रतिशत पु¥याएपछि प्रयोग गर्न मिल्ने फलाम तयार हुने घिमिरेले जानकारी दिए । 

    अहिलेसम्मको अध्ययनमा धौवादीमा १० करोड ८० लाख मेट्रिकटन फलाम रहेको पत्ता लागेको छ । 


    images
    images

    Logo