काठमाडौं । नेपाल राष्ट्र बैंकले मौदिक नीतिको तयारी गर्दै गर्दा गर्भनर महा प्रसाद अधिकारीले व्याजदर बढाउने पक्षमा अभिव्यक्ति दिइ रहेका छन् । उनको यस्तो अभिव्यक्तिले मौदिक नीति व्याजदर बढ्ने गरि आउने प्रष्ट बुझ्न सकिन्छ । यसले बैंकहरुलाई समेत व्याजदर बढाउनुपर्ने दबाब छ ।
यद्यपि बैंकहरुले भने साउन महिनामा व्याजदर नबढाउने भएका छन् । नयाँ महिना सुरु हुन लाग्दा नेपाल बैंकर्स संघमा व्याजदर नबढाउने भर्द्र सहमति जुटेको हो । मौदिक नीतिले दबाब दिएको अवस्थामा अर्को महिनामा व्याजदरमा पुनर्विचार गर्ने गरि साउनका लागि व्याजदर यस्थावत राखिएको बैंक संघका एक अधिकारीले बताए ।
अहिले वाणिज्य बैंकहरुले एकवर्षको मुद्दति निक्षेपमा ११.०३ प्रतिशत ब्याजदर दिने गरेका छन् । बैदेशिक रोजगारीमा फर्केका तथा गएकाहरुले भने १२.०३ प्रतिशत ब्याजदर पाउनेछन् ।



