images
images

लामो समयपछि हिमालयन र सिभिल बैंकबीच मर्जरमा जाने सहमति


  • 473
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    लामो समयपछि हिमालयन र सिभिल बैंकबीच मर्जरमा जाने सहमति

    काठमाडौं । लामो समयपछि हिमालयन र सिभिल बैंकबीच मर्जरमा जाने सहमति जुटेको छ । विगत ४ महिनादेखि यी दुई बैंक मर्जरका लागि प्रयास गरिरहेका थिए । 

    मर्जमा सेयर स्वाप रेसियो १००ः८१ हुने भएको छ । मर्जपछि सिभिल बैंकका लगानीकर्ताले १ सय कित्ता शेयर बराबर  हिमालयन बैंकको ८१ कित्ता शेयर पाउने भएका छन् । हिमालयन बैंकमा मर्ज हुँदा सिभिल बैंकका स्थायी कर्मचारीहरूको पद र सेवा सुविधा दुबै नघट्ने गरि सो सहमति भएको छ ।  

    मर्जपछि बन्ने बैंकको नाम हिमालयन बैंक नै हुनेछ ।सिभिल पूर्णरुपमा विलय हुने भएको छ। मर्जरपछि संचालक समितिमा सदस्यहरु पनि सबै हिमालयनका नै हुने पनि सहमति कायम भएको छ। 

    नयाँ बैंकमा वरिष्ठ डेपुटी प्रमुख कार्यकारी अधिकृत सिभिलका सुनिल पोखरेल हुने छन्। हिमालयनमा कोही पनि डेपुटी प्रमुख कार्यकारी अधिकृत नभएकाले उनीहरु अहिलेकै पदमा कायम हुने भएका छन्।

    यस अघि असार २४ गते पनि यी दुई बैंकबिच मर्जरका लागि सम्झौता गर्ने भनिएको थियो तर  स्वाप रेसियोको विषयलाई लिएर भएको मतभेदपछि तत्कालका लागि मर्जर रोकिँदै अनिश्चित बनेको थियो। 


    images
    images

    Logo