images
images

आजपनि डलरको मूल्य नयाँ उचाइमा, कस्तो छ अन्य देशको विनिमयदर ?


  • 447
    SHARES
  • २०७९ आषाढ २९ गते बुधबार

    आजपनि डलरको मूल्य नयाँ उचाइमा, कस्तो छ अन्य देशको विनिमयदर ?

    काठमाडौं ।  नेपाल राष्ट्र बैंकले आजको विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ । सो विवरण अनुसार आज अमेरिकी डलरको मूल्यले आज पनि नयाँ कीर्तिमानी कायम गरेको छ ।

    आज अमेरिकी डलर १ को खरिददर अधिकतम १ सय २७ रुपैयाँ ६ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ६६ पैसा कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । अब अमेरिकी १ डलर खरिद गर्न नेपाली १ सय २७ रुपैयाँ ६६ पैसा खर्च गर्नुपर्ने भएको छ । 

    पछिल्लो समय अमेरिकी डलरले हरेक दिनजसो नयाँ रेकर्ड बनाउँदै आएको छ । यसअघि मंगलवार १ को खरिददर अधिकतम १ सय २६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १ सय २७ रुपैयाँ ४१ पैसा कायम भएको थियो। जुन अहिलेसम्मकै उच्च थियो। सो रेकर्डलाई तोड्दै आज फेरि डलरको मूल्य बढेर नयाँ उच्च् मूल्य कायम भएको छ । 

    नेपाली मुद्राको भारतीय रुपैयाँसँग स्थिर विनिमय दर रहेकाले पनि केही समयता डलरको तुलनामा भारु खस्किँदा नेपाली रुपैयाँको मूल्यसमेत कमजोर हुँदै गएको छ ।

    binimaya.JPG


    images
    images

    Logo