images
images

चुनावका लागि ३५ अर्ब बजेट


  • 430
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    चुनावका लागि ३५ अर्ब बजेट

    काठमाडौं । सरकारले प्रतिनिधिसभा र स्थानीय तहको चुनावको लागि ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले आगामी कात्तिक २६ गते र मंसिर ३ गतेका लागि प्रतिनिधिसभाको मध्यावधि निर्वाचन गर्ने मिति तोकेको छ । 

    आगामी फागुनमा स्थानीय तहको आवधिक निर्वाचन गर्नुपर्नेछ । यिनै दुईवटा चुनावका लागि सरकारले साढे ३५ अर्ब रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले छुट्याएको यो बजेट स्थानीय र प्रतिनिधिसभा दुबै चुनावको लागि हो । 

    अर्थमन्त्री विष्णु पौडेलले शनिबार बजेट भाषण गर्ने क्रममा बुँदा नम्बर ४२० मा ‘प्रतिनिधिसभा र स्थानीय तहको आगामी निर्वाचनका लागि आवश्यक रकम विनियोजन गरेको छु,’ उनले भनेका छन् । यसअघि निर्वाचन आयोगका अधिकारीहरुले समग्र रुपमा दुईवटा चुनाव सम्पन्न गर्न करिब ७० अर्ब रुपैयाँ लाग्ने विश्लेषण गरेका थिए ।

     


    images
    images

    Logo