images
images

वाणिज्य बैंकहरुको निक्षेप ६२ अर्बले बढ्दा कर्जा १० अर्बले घट्यो


  • 525
    SHARES
  • २०७९ आषाढ २८ गते मंगलबार

    वाणिज्य बैंकहरुको निक्षेप ६२ अर्बले बढ्दा कर्जा १० अर्बले घट्यो

    काठमाडौं । असार चौथो साता वाणिज्य बैंकहरुको निक्षेपमा ६२ अर्बले वृद्धि भएको छ । नेपाल बैंकर्ष संघले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप एक सातामा ६२ अर्बले रुपैयाले मात्रै बढेको छ । 

    संघका अनुसार तेस्रो साता बैंकको निक्षेप ४४ खर्ब ३२ अर्ब रुपैयाँ रहेको थियो उक्त निक्षेप यस सातामा ३ अर्ब रुपैयाँले बढेर ४४ खर्ब ९४ अर्ब रुपैयाँमा पुगेको छ । 

    यस्तै, यो साता बैंकको कर्जा लगानी भने १० अर्ब रुपैयाँले घटेको छ । गत साता बैंकको कर्जा लगानी ४१ खर्ब ८४ अर्ब रुपैयाँ रहेको थियो । सो रकम यस साता १० अर्ब रुपैयाँले घटेर ४१ खर्ब ७४ अर्ब रुपैयाँ पुगेको संघले जनाएको छ ।


    images
    images

    Logo