images
images

बाँकेका अस्पतालमा मृत्युदर घट्दै 


  • 450
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    बाँकेका अस्पतालमा मृत्युदर घट्दै 

    बाँके । कोरोना संक्रमणका कारण दैनिक १५ देखि १७ जनासम्मको मृत्यु हुने गरेको  बाँकेका अस्पतालमा अहिले भने मृत्युदरमा कमि आएको छ ।   

    गएरातिदेखि आज बिहानसम्म चार जनाको मात्र मृत्यु भएको अस्पतालले जनाएको छ । 

    ती मृतक दाङ, बर्दिया र सल्यानका  छन् भने पछिल्लो २४ घण्टामा बाँकेका सङ्क्रमितको मृत्यु शून्य छ ।

    जिल्लाका अस्पतालमा अहिले भर्ना हुने बिरामी र मृत्यु हुने अधिकांश बाहिरी जिल्लाका सङ्क्रमित रहेको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्रेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए । 

    उनका अनुसार, कोरोना सङ्क्रमणबाट हालसम्म जिल्लाका २८८ जनाको मृत्यु भएको छ भने विभिन्न बाहिरी जिल्लाबाट यहाँका अस्पतालमा उपचारका लागि आएका २७९ जनाको उपचारका क्रममा मृत्यु भएको छ । 


    images
    images

    Logo