images
images

बैंकहरुको निक्षेप निरन्तर उकालो लाग्दै, फेरि १० अर्बले थपियो निक्षेप


  • 478
    SHARES
  • २०७९ आषाढ २७ गते सोमबार

    बैंकहरुको निक्षेप निरन्तर उकालो लाग्दै, फेरि १० अर्बले थपियो निक्षेप

    काठमाडौं । बैंकहरुको निक्षेप निरन्तर उकालो लागिरहेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको विवरण अनुसार बैंकहरुको निक्षेप असार २६ गते एकैदिन १० अर्ब रुपैयाँले बढेको हो ।

    राष्ट्र बैंकका अनुसार असार २५ गते बैंकहरुको निक्षेप ५० खर्ब ९८अर्ब रुपैयाँ रहेको थियो । २६ गते एकैदिन १० अर्ब रुपैयाँले बढेर बैंकहरुको निक्षेप ५१ खर्ब ८ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै, सो समयमा वाणिज्य बैंकको निक्षेप पनि एकैदिन १० अर्ब रुपैयाँले बढेको छ । २५ गते ४५ खर्ब ३ अर्ब रहेको निक्षेप २६ गते एकैदिन १० अर्बले बढेर  ४५ खर्ब १३ अर्ब रुपैयाँमा पुगेको छ । 

    सो समयमा अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको पनि १ अर्ब रुपैयाँले निक्षेप बढेको छ । असार २६ गते  अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको निक्षेप ५ खर्ब ९६ अर्ब रुपैयाँ पुगेको छ । त्यस्तै कर्जा लगानी भने घटेको छ । असार २५ गते ४६ खर्ब ९७ अर्ब रुपैयाँ रहेको कर्जा लगानी २६ गते ३ अर्बले घटेर ४६ खर्ब ९४ अर्ब रुपैयाँमा झरेको छ । 

    उक्त समयमा वाणिज्य बैंकको कर्जा लगानी ३ अर्बले घटेको छ भने अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानीमा भने १ अर्बले घटेको छ । असार २६ गते वाणिज्य बैंकको कर्जा लगानी ३ अर्बले घटेर ४१ खर्ब ६४ अर्ब रुपैयाँमा झरेको छ । अन्य बैंक तथा वित्तीय क्षेत्रहरुको कर्जा लगानी ५ खर्ब ३० अर्ब रुपैयाँ रहेको छ । 

    आर्थिक वर्ष सकिन ६ दिन बाँकी रहँदा समग्र बैंकिङ्ग प्रणालीमा थपिएको निक्षेपका कारण बैंकहरुको सीडी रेसियो पनि घटेर ८७.१४ प्रतिशत कायम भएको छ । 


    images
    images

    Logo