काठमाडौं । नेपाल बंगलादेश(एनबी) बैंकका डेपुटी सीईओसहित ६२ जनाले स्वेच्छिक अवकाश रोजेका छन् । मर्जर सम्झौतापश्चात् एनबी बैंकले स्वेच्छिक अवकासको योजना ल्याएको थियो ।
सो योजना अन्तर्गत एनबी बैंकका उच्च व्यवस्थापन तहमा कार्यरत डेपुटी सीईओ सुरेन्द्र भुषण श्रेष्ठ र डीजीएम सलोनी सिंहले मर्जरमा सहभागी नभई स्वेच्छिक अवकाशको बाटो रोजेका छन् ।स्वेच्छिक अवकाश पछि श्रेष्ठ र सिंहले १८ महिनाको तलब सुविधा पाउने भएका छन् ।
एनबी बैंकले तल्लो तहमा कार्यरत मेसेन्जर तथा सवारी चालकको लागि ३० महिना तथा त्योभन्दा माथिल्लो तहका कर्मचारीलाई २४ महिना, सहायक तहका लागि २१ महिनाको तलव अधिकृत तहको लागि १८ महिनाको तलव र कार्यकारी तहका कर्मचारीको लागि १५ महिनाको तलव एकमुष्ठ दिने योजना स्वेच्छिक अवकास सम्बन्धी योजना ल्याएको थियो ।
एनबी बैंक नबिल बैंकमा एक्विजेशन हुन लागेको छ । अब एनबी बैंकका ६२ जना कर्मचारी बाहेक अरु सबै कर्मचारीलाई लिएर नबिल बैंकको नामबाट आजदेखि एकीकृत कारोबार सुरु हुने भएको छ ।



