images
images

कलङ्की देखि महारागञ्ज खण्डको निर्माण कार्य दुई वर्षभित्रमा सम्पन्‍न गरिने


  • 713
    SHARES
  • २०७८ जेठ १६ गते आइतबार

    कलङ्की देखि महारागञ्ज खण्डको निर्माण कार्य दुई वर्षभित्रमा सम्पन्‍न गरिने

    काठमाण्डौ । उपत्यकाको चक्रपथ विस्तारको दोस्रो चरण अन्तर्गत कलङ्की देखि महारागञ्ज खण्डको निर्माण शुरु गरी दुई वर्षभित्रमा सम्पन्‍न गरिने अर्थमन्त्री विष्णु पौडेलले बताए । 

    महाराजगञ्‍ज, धोवीखोला, चावहिल, तिलगंगा खण्डको विस्तृत संभाव्यता अध्ययन गरी परियोजना प्रतिवेदन तयार गरी निर्माण कार्य थालनी गरिनेछ। 

    चक्रपथको ग्वार्को, सातदोवाटो र एकान्तकुना चोकमा फ्लाईओभर निर्माण कार्य प्रारम्भ गरिनेछ। 

    चक्रपथ विस्तारको लागि रु २ अर्ब ६४ करोड विनियोजन गरिएको छ।


    images
    images

    Logo