images
images

२२ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक


  • 473
    SHARES
  • २०७९ आषाढ २४ गते शुक्रबार

    २२ अर्ब ६० करोडको ट्रेजरी बिल जारी गर्दै राष्ट्र बैंक

    काठमाडौं । नेपाल राष्ट्र बैंकले २२ अर्ब ६० करोडको रुपैयाँ बराबरको ट्रेजरी बिल विक्री गर्ने भएको छ । सोमबार बैंकले २२ अर्ब ६० करोड रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्ने लागेको हो । 

    बैंकले ९१ दिनको लागि ८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल असोज २५ गते परिपक्क हुने छ । त्यस्तै, बैंकले १८२ दिनको लागि ६ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल पुस २६ गते परिपक्क हुने छ भने बैंकले ३६४ दिनको लागि ८ अर्ब  ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्नै छ । यो ट्रेजरी बिल पुस २६ गते परिपक्क हुने छ । 

    यी ट्रेजरी बिलको सोमबार दिउँसो ३ बजे अनलाइनका माध्यमबाट बोलकबोल हुनेछ । बोलकबोलमा सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिकसमेत सहभागी हुन सक्नेछन् ।


    images
    images

    Logo