काठमाडौं । नबिल बैंक र नेपाल बंगलादेश बैंक एक आपसमा मर्जर भए प्रश्चातसगैँ एकै ठाउँमा भएका दुवैका २० बटा शाखा बन्द हुने भएका छन् । जसमा नविल बैंकका १७ वटा र नेपाल बंगालदेशका तीन वटा शाखा बन्द हुनेछन् ।
नेपाल बंगलादेश बैंकको विराटचोकमा रहेको शाखा अब नविल बैंकको सुन्दरहरैचा नगरपालिका १२ मा समायोजना हुनेछ । दमक शाखा नविल बैंकको झापा जिल्लाको दमक नगरपालिका ६ दमकमा समायोजन हुनेछ । एकै स्थानमा रहेका उक्त शाखाहरुलाई समायोजन गरिएको छ भने बाँकी शाखाहरु दुबै बैंकको भइरहेको ठाउँमा रहनेछन् ।
अहिले दुबै बैंकको डाटा माइग्रेसन भइरहेकोले चार दिन कारोबार बन्द रहनेछ । आज शुक्रवारदेखि असार २७ गतेसम्म कारोबार बन्द रहने बैंकले जनाएको छ ।
